पोचेटिनोद्धारा क्लब छाडेको पुष्टि


२१ असार २०७९, मंगलवार १७:५३ मा प्रकाशित

काठमाडौं । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १८ महिनाको कार्यकाल अन्त्य गर्दै प्रमुख प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लब छाडेको पुष्टि गरेको छ ।

५० वर्षीय अर्जेन्टिनी प्रशिक्षकलाई एक महिनाअघि नै बर्खास्त गर्ने चर्चा चलेको थियो । तर, मंगलबारमात्र क्लबले पोचेटिनो बाहिरिएको औपचारिक जानकारी दिएको हो । फ्रान्सेली शीर्ष डिभिजनको अर्को क्लब निसका पूर्व प्रशिक्षक क्रिष्टोफ गाल्टियरले पीएसजीमा पोचेटिनोको स्थान लिने अपेक्षा गरिएको छ ।

पोचेटिनोले पीएसजीलाई कीर्तिमानी दशौं लिग उपाधि दिलाएका थिए । प्रशिक्षकका रुपमा उनको यो पहिलो लिग उपाधिसमेत हो । क्लबको आधिकारिक वक्तव्यमा भनिएको छ, ‘माउरिसियो पोचेटिनोले पीएसजीमा उनको जिम्मेवारी अन्त्य गर्ने निर्णय गरेका छन् ।

पोचेटिनो र उनका अफिसियलहरुलाई अहिलेसम्मको कामका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना दिन चाहन्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here