अश्लील सामाग्री प्रसारण गरेको आरोपमा युटुबर पक्राउ


२१ असार २०७९, मंगलवार १९:०१ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले युटुब च्यानलमा अश्लील सामग्री प्रसारण गरेको आरोपमा एकजना युटुबरलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युटुब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने काममा संलग्न रहेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोका अनुसार पक्राउ लामाले अश्लील सामग्री युट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेका लामालाई जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here