पदाधिकारी टुंग्याउने गृहकार्यमा प्रचण्ड, महासचिवमा वर्षमान र जनार्दनले अडान नछाड्दा प्रचण्डलाई सकस


२१ असार २०७९, मंगलवार १७:१९ मा प्रकाशित

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी टुंग्याउने तयारीमा लाग्नु भएको छ ।
आइतबारदेखि जारी केन्द्रीय समितिको बैठकमा पदाधिकारी टुंग्याउन दबाब बढेपछि प्रचण्डले त्यसबारे तयारी थालेका हो ।
केन्द्रीय समिति बैठक स्थगित गरेर खुमलटारमा बसेको सचिवालयको विस्तारित बैठकले प्रचण्डलाई पदाधिकारी चयनको जिम्मेवारी दिएको नेता दीनानाथ शर्माले जानकारी दिनु भयो ।

प्रचण्डले प्रस्ताव गरेको नामलाई नै सर्वसम्मत पारित हुने अन्य नेताको बुझाई छ । पदाधिकारीमा प्रचण्डले प्रस्ताव गरेको नाममा असहमति जनाएर चुनाव हुने सम्भावना नरहेको माआवादी नेता बताउछन् । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो तर हालसम्म अध्यक्ष बाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्।

महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।महाधिवेशन सम्पन्न भएको महिनौँ हुँदासमेत पदाधिकारी चयन गर्न नसकेपछि प्रचण्डको चर्को आलोचना भइरहेको छ । पार्टी पदाधिकारी चयनमा प्रचण्डलाई महासचिव छान्न मुस्किल परेको बुझिएको छ ।

महासचिवमा नेताद्वय वर्षमान पुन र जनार्दन शर्माले अडान नछाड्दा प्रचण्ड सकसमा परेको माओवादी श्रोतले जनाएको छ ।महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here