नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि


२१ असार २०७९, मंगलवार १७:३१ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ४४ पिसिआर परिक्षणका क्रममा ७३ जना र १ हजार १ सय ६८ एन्टीजेन परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ५५ जना निको भएका छन् । हाल नेपालमा ४ सय १ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here