तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा


२० असार २०७९, सोमबार १७:२७ मा प्रकाशित

 तेह्रथुम जिल्लालाई आज म्याङलुङ नगरपालिकामा  ढाकाको राजधानी घोषणा गरिएको छ ।सदरमुकाम म्याङ्लुङ बजारमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले ढाकाको राजधानी तेह्रथुम घोषणा गर्नुभएको हो ।

ढाकाको राजधानी घोषणा गर्दै सचिव पोखरेलले ढाकाको राजधानी तेह्रथुम लेखिएको ताम्रपत्र म्याङ्लुङ नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार तुम्बाहाम्फेलाई प्रदान गर्नुभएको थियो ।

ढाकाको सीप र प्रविधि मौलिक भएकाले सीप हस्तान्तरण, प्रवर्द्धन, बजारीकरण संगै पहिचान, आर्थिक र सांस्कृतिक समृद्धिका लागि ढाकाको राजधानी तेह्रथुम घोषणा भएको मन्त्रालयका सचिव पोखरेलले बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद दवाडीले तेह्रथुमे ढाका प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम मन्त्रालयले ल्याउने बताउनुभयो ।

राजधानी घोषणा कार्यक्रममा ढाका विभिन्न स्टल पनि राखिएको थियो । तेह्रथुमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा ढाकाको राजधानी घोषणा गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here