डर धम्की दिई रकम माग गर्ने दुई जना पक्राउ


१९ असार २०७९, आईतवार १२:५९ मा प्रकाशित

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले डर धाक धम्की दिई रकम माग गर्ने २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे घर भई विराटनगर महानगरपालिका ४ कञ्चनबारी बस्दै आएका ३९ बर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे ६ का २६ बर्षीय विशाल ऋषिदेव रहेका छन । उनिहरुले बिराटनगर ३ का मुकेश शर्मालाई पटक पटक फोनबाट डर धम्की देखाई रकम माग गर्दै आईरहेका थिए ।

असार १७ गते सुक्रवार शर्माले मोरङको पथरीशनिश्चरे ६ हसन्दह स्थित रहेको IME मा उनिहरुलाई रकम पठाएको भन्ने जानकारी पाए लगतै उक्त स्थानमा खटिएको प्रहरी टोलीले IME मा पठाएको नगद रकम २५ हजार सहित ऋषिदेवलाई पक्राउ गरेको हो ।

ऋषिदेव पक्राउ परे सगै संलग्न कार्कीलाई समेत नियन्त्रणमा लिई दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here