व्यवसायीहरुलाई वित्तीय संस्थाले ब्याज तथा ऋणको किस्ता तिर्न ताकेता गर्दै मानसिक तनाव दिएको भन्र्दै वाणिज्य संघको आपत्ती


१९ असार २०७९, आईतवार ११:०४ मा प्रकाशित

 भरत प्रसाई । बिर्तामोड,उद्योग वाणिज्य संघ अहिले बैंक तथा वित्तीय संस्थाहरुप्रति खनिन थालेको छ ।

चालु आर्थिक बर्ष सकिन लाग्दा बैंक तथा वित्तीय संस्थाहरुबाट व्याज तथा ऋणको किस्ताका लागि ताकेता भइरहेका जनाउँदै संघ ती संस्थाहरुप्रति खनिएको हो ।

अहिलेको तरल अवस्थामा व्यवसायीहरुलाई बंक तथा वित्तीय संस्थाले ब्याज तथा ऋणको किस्ता तिर्न ताकेता गर्दै मानसिक तनाव दिएको भन्दै संघले आपत्ती जनाएको हो । सरकारले बजेटमा ल्याएको कम्प्युटर वा अनलाईनमा बिलिंगको प्रावधानप्रति पनि संघले गम्भीर आपत्ति जनाएको छ ।

कोरोनाले थलिएको नेपालको अर्थतन्त्रले बिस्तारै काचुली फेर्दै गरेको वर्तमान परिपेक्षमा, ब्यवसायीले ऋण नपाएको भन्दै ऋणको किस्ता र ब्याज तिर्न ब्यावसयीहरुलाई धौधौ भएको बिर्तामोडका व्यबसायीको गुनासो छ । बजारमा पैसाको तरलतासँगै बैकमा प्रशस्त पैसा नहुदा बैकको चालु पुँजी स्थिर अवस्थामा देखिन्छ ।

आर्थिक चरम अभाव भएको बेला बैकले ब्यवसायीको घाटी समात्ने काम गलत भएको बिर्तामोड उद्ययोग वाण्ज्यि सघंका उपाध्यक्ष तथा प्रवक्ता सञ्जीव घिमिरेले बताउनु भयो ।

सवै किसिमका ब्यवसाय धरासायी भइरहेको अवस्थामा बैक तथा वित्तीय संस्थाले समाजिक उक्तरदायित्व अन्तर्गत परिस्थितिको मापन गरेर बजारमा उठाउन बाँकी बक्यौता रकम संकलन गर्न केही समय दिएर सहयोग गर्न सघंले अपिल गरेकोे छ । बिर्तामोडका ब्यवसायी नवीन कुमार भट्टराईले ऋण दिने बेला खोजी खाजी दिने तर बैकको किस्ता तिर्ने म्याद भन्दा पहिले पत्र पठाएर पटक पटक फोन गरेर दुख दिने गरेको बताउनु भयो ।.

कमाउदा सधै निर्धारित समयमा ऋणको किस्ता तिरेकोले बजारको तरलतालाई हरेर बंैकहरुले पनि समन्वयकारी भुमिकामा जोड दिनु पर्नेमा ब्यवसायी प्रेमलाल शाहको बुझाई छ ।

तर बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु यस विषयमा बोल्न अस्वीकार गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here