काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानलाई मल उपलव्ध गराउन नसक्ने कृषिमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
शनिबार ललितपुरमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा ओलीले किसानका लागि काम गर्नुपर्ने कृषिमन्त्रीले मल उपलव्ध गराउन नसकेकाले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
झण्डा हल्लाउन मात्रै मन्त्री नवनाइएको भन्दै ओलीले कृषिमन्त्रीले किसानका लागि काम गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले समय समयमा हुने मिल्क होलिडे उचित नभएको र किसानलाई हित नगरेको भन्दै यसलाई सदाका लागि समाप्त पार्नुपर्ने जिकिर गर्नुभयो ।
ओलीले वर्तमान सरकारले किसानमैत्री काम गर्न नसक्दा उत्पादन घटेको र अरवौंका चामल आयात गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
त्यस्तै ओलीले कृषि प्रधान देशमा सरकारले नै कृषिका लागि केहि गर्न नसकेको आरोप लगाउनुभयो ।





