राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता


१७ असार २०७९, शुक्रबार १७:३२ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगको शुक्रवार बसेको बैठकले दल दर्ताका लागि उक्त पार्टीले दिएको निवेदनलाई स्वीकार्दै दलको मान्यता दिएको हो । रवि लामिछानेले असार ७ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनुभएको थियो । निवेदनलाई आयोगले स्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको सो पार्टीका संयोजक लामिछानेले जानकारी दिनुभयो ।

त्यस्तै चूनाव चिन्ह गोलाकारभित्र घण्टी प्राप्त भएको उहाले बताउनुभयो । उहाँले दल दर्ता भएसंगै आफ्ना एजेण्डा जनतामाझ लाने उल्लेख गर्नुभयो ।

यसअघि उक्त दलको नाममा आपत्ती जनाउदै स्वतन्त्र उम्मेदवारहरुले दल दर्ता नगर्न आयोगमा निवेदन दिएका थिए । तर उनीहरुले दावी नपुगेको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here