१४ लायन्स क्लबहरुको संयुक्त आयोजनामा रक्तदान शिवीर सम्पन्न


१७ असार २०७९, शुक्रबार १७:३३ मा प्रकाशित

नवीन कर्ण । विराटनगर महानगरपालिकामा सक्रिय विभिन्न १४ लायन्स क्लबहरुको संयुक्त आयोजनामा नगरक्षेत्रमा बृहत रक्तदान शिवीर आयोजना गरिएको छ ।

विराटनगरस्थित महेन्द्र मोरङ कलेज पसिरमा बृहत रक्तदान शिवीर आयोजना गरिएको हो । सो कलेजसंग सहकार्यगर्दै शिविर आयोजना गरिएको हो । कार्यक्रमबाट ४० पिन्ट रक्त संकलन भएको छ । कार्यक्रममा आयोजक लायन्स क्लबका पदाधिकारी सहित कलेजमा अध्ययनरत विद्यार्थीहरुले रक्तदान गरे ।

बाढीको प्रकोप संगै ब्लड बैंकमा रगतको अभाव भएको तथा जुलाई १ बाट लायन्सका नवनिर्वाचित पदाधिकारीहरुको पदावधि समेत शुरु हुने भएकाले अतिआवश्यक सेवाकोरुपमा रहेको रक्तदान कार्यक्रम गरिएको लायन्स क्लबका रिजन चेयर पर्सन मोहन सुवेदीले बताउनुभयो ।

सोहि कार्यक्रममा लायन्स क्लबका पुर्व डिस्ट्रिक गर्भनर लिलाकुमार ढुंगेलले ८१ औं पटक रक्तदान गर्नुभयो । आफु १८ बर्षको उमेरदेखी रक्तदान गर्दै आएको उहाँले जानकारी दिनुभयो । ढुंगेलले कतिपय सर्वसाधारणमा रक्तदान सम्बन्धि भ्रम रहेकाले त्यो चिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

लायन्स क्लब विराटनगर सेन्ट्रल सहित लायन्स क्लबहरु ईनोभेटिभ,यूनाईटेड,शुभम,हेल्थ प्रोफेशनल,ग्लोबल,प्राफेश्नल,मिड सिटि,विराटनगर सिटि,पाथिभरा,न्यू लाईफ,हलेशी र लायन्स क्लब ईनभिजनको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम गरिएको हो । विराटनगर महानगरपालिकामा ४६ वटा लायन्स क्लबहरु रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here