पाँचथर । प्रदेश १ अन्र्तगत १४ वटा जिल्लालाई समेट्दै ४ वटा केन्द्र बनाएर छुवाछुतमुक्त प्रदेश कार्यान्वयन अभियानका लागि ल्याउन लागिएको दलित सशक्तिकरण विधेयकको लागि सरोकारवाला ब्यक्तिहरु सित राय सुझाव संकलन कार्य थालिएको हो ।
पाँचथर, इलाम र ताप्लेजुङ केन्द्र पाँचथरको फिदिममा, झापा, मोरङ, सुनसरी जिल्लाको इटहरीमा, सोलखम्बु, ओखलढुंगा, उदयपुर, खोटाङको दिक्तेलमा, धनकुटा, सङखुवासभा, तेह्रथुम, भोजपुर जिल्लाको धनकुटामा एकै साथ विहिबार विधेयकको मस्यौदाको लागि सुझाव संकलन गरिएको सामाजिक विकाश मन्त्रालयका शाखा अधिकृत बलराम पराजुलीले बताउनुभयो ।
विधेयकको निम्ति पाँचथर जिल्लामा भएको राय सल्लाह सुझावमा भने दलितका छोरोछोरीहरुलाई उच्च शिक्षामा छात्रवृति, निुशल्क स्वास्थ्य उपचार, छुवाछुत कार्यान्वयनको निम्ति स्थानिय स्तरमा गठित अनुगन समिती तय गर्नुपर्ने लगायतका राय सल्लाह सुझावहरु आएको उहाँले बताउनुभयो ।





