काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले करका दर परिवर्तन गर्दा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको बिषयमा सिसिटिभि फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभएको छ ।
संसद दिवसका अवसरमा बिहीबार संसद भवन बानेश्वरमा आयोजित कार्यक्रममा नेम्वाङले अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति गएर करको दायरा हेरफेर गरेको बिषयमा प्रतिपक्षिले सदनमा आवाज उठाइरहेको भन्दै यस बिषयमा सीसीटीभी फुटेज हेरेर सरकारले जवाफ दिनुपर्ने बताउनुभएको हो ।
त्यस्तै उहाँले एसपीपीका बिषयमा पठाइएको पत्रका बिषयमा प्रश्न उठेपछि रक्षा मन्त्रालय र सेनाले उक्त पत्र सदनमा पठाउनुपर्ने जिकिर गर्नुभयो । सदनमा पत्र आएसकेपछि त्यसमा संलग्नका बारे स्पष्ट हुने र संसदको भूमिका पनि प्रभावकारी हुने उहाको भनाई छ । उहाँले सांसदहरुले उठाएका प्रश्नको स्पष्ट जवाफ आउन नसके सदन कमजोर हुने धारणा राख्नुभयो । नेम्वाङले प्रतिपक्षीलाई बाहिर राखेर छलफल गर्ने कुरा संसदीय अभ्यासभित्र नपर्ने भन्दै यसमा सवैले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले अहिले पनि उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको पद खालि रहेको भन्दै यसको जिम्मेवारी सवै दलले लिनुपर्ने बताउनुभयो ।





