मुलुकको विकासमा संसदको भूमिका महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री


१६ असार २०७९, बिहीबार १३:३० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिभन्दा माथि उठेर मुलुकको लोकतान्त्रिक विकासमा संसदको महत्वपूर्ण भूमिको हुने बताउनु भएको छ ।

६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउन संसदीय व्यवस्थाले सहयोग पुगेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो , ‘अहिले हामी संघीय लोकतान्त्रिक व्यवस्थामा छौँ , संसद शासन प्रणालीको महत्वपूर्ण आधार स्तम्भ हो, संविधान सभाबाट नेपालले व्यवस्थापिकालाई आत्मसाथ गरेको छ , गणतान्त्रिक संसदीय व्यवस्था मार्फत हामी मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेका छौँ ‘।

उहाँले मुलुकलाई विकासशील बनाउने सबैको दायित्व भएको पनि बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here