काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको आरोपप्रति नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जवाफ फर्काउनु भएको छ ।
संसद दिवसका अवसरमा भएको कार्यक्रममा नेम्वाङले संसदमा विगतमा पनि अवरोध हुने गरेको बताउनु भयो ।
‘अहिलेको संसद अवरोधको कुरा गर्नु भयो, विगतमा पनि अवरोध भएको थियो,’ खनालपछि बोलेका नेम्वाङले भन्नु भयो, ‘को को थियौं विगतमा अवरोध गर्नेहरू सम्झिऔँ ।’
नेम्वाङले थप्नु भयो, ‘के कारणले अवरोध हुन्छ भनेर अध्ययन गर्न र निचोड दिन म पूर्व सांसद मञ्चलाई अनुरोध गर्न चाहन्छु ।’





