काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको आरोप लगाउनु भएको छ ।
संसद दिवसका अवसरमा भएका कार्यक्रममा उनले संसद राम्रोसँग चल्न र काम गर्न नपाउँदा गैरदलीय प्रवृत्ति बढ्ने बताउनु भयो ।
‘कहिले काहिं हाम्रा नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन् अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ,’ उहाँले भन्नुभयो ।‘स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ?’
नेता खनालले संसदलाई जनताको र राष्ट्रियताको बहसको थलो बनाउन आवश्यक रहेको जिकिर गर्नु भयो ।
उहाँले पूर्व प्रशासकहरुले ठीकसँग काम नगरेकै कारण हामीले हाम्रो नक्सा यो हो भनेर अन्तर्राष्ट्रिय समुदायका राख्दा पनि विवाद आएको बताउनु भयो ।
२०७४ को चुनावपछि बनेको दुई तिहाई बहुमतको सरकारले काम गर्ला भन्ने अपेक्षा गरेको भए पनि माछा माछा भ्यागुतो भएको टिप्पणी गर्नु भयो ।





