बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी


१६ असार २०७९, बिहीबार १२:०० मा प्रकाशित

रुपन्देही । बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१२ नयाँगाउँका ६ जना र बुटवल ४–लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेका हुन् ।

उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ । अरु बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here