झापा । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य सुरु गरेसंगै झापाको निर्वाचन कार्यालयमा पनि भीड लाग्न थालेको छ ।
असार १ देखि मतदाता नामावली संकलन सुरु गरेसंगै जिल्लामा मतदाता नामावलीमा फोटो खिचाउन छुटेकाहरू, नयाँ नागरिकता बनाएकाहरुको उत्साह देखिएको हो ।
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य सुरु गरेसंगै झापाको निर्वाचन कार्यालयमा पनि भीड लाग्न थालेको हो ।
असार १ देखि मतदाता नामावली संकलन सुरु गरेसंगै जिल्लामा जनप्रतिनिधि चुन्न पाउने अधिकारका लागि मतदाता नामावलीमा फोटो खिचाउन छुटेकाहरू, नयाँ नागरिकता बनाएकाहरुको उत्साह देखिएको छ । फोटो खिचाउन आएकाहरू पनि जनप्रतिनिधि चुन्न पाइने भएकाले पनि उत्साहित रहेको प्रतिक्रिया दिन्छन् ।
निर्वाचन कार्यालय झापाका अनुसार मतदाता नामावली संकलन कार्य निर्वाचन कार्यालयबाहेक जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालया २ स्थानमा भइरहेको छ । जसमा दैनिक ८ सय बढी दर्ता भइरहेको बताइएको छ ।
निकट भविष्यमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना भएकाले निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन कार्य सुरु संगै नागरिकमा उत्सुकता बढेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन गर्न नमिल्ने कानुनी व्यवस्था भएकाले आयोगले असार १ बाट धमाधम नामावली संकलन गरिरहेको छ ।स्थानीय तह निर्वाचन सकिएपछि प्रदेश र प्रतिनिधिसभा निर्वाचन कहिले हुन्छ भन्ने टुंगो भने लागिसकेको छैन ।





