समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी आन्दोलनलाई एकीकृत गर्नुपर्छ : प्रचण्ड


१५ असार २०७९, बुधबार १३:०९ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी आन्दोलनलाई एकीकृत गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार माओवादी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशमा समाजबादको आधार तय गर्दै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउनका लागि सवै माओवादी घटकहरुले आफ्नो कमजोरी आत्मसमिक्षासाथ एकीकृत हुनुपर्ने बेला आएको बताउनुभएको हो ।

प्रचण्डले बिप्लव, धमेन्द्र बास्तोला, मोहन बैद्य लगाएतका नेताहरुलाई एकै ठाँउमा ल्याउने प्रयास भइरहेको जानकारी पनि दिनुभयो । क्रान्तिको खोजी गर्ने मोहन वैद्य र बिप्लवको नियतप्रति आफ्नो शंका नभएको तर, चाहनाले मात्रै क्रान्ति नहुने उहाँको भनाई छ ।

प्रचण्डले माओवादीहरु एकजुट हुनुपर्ने दबाब जनता र कार्यकर्ताहरुबाट आएको उल्लेख गर्दै जनता नै इतिहासका निर्माता भएको आफूहरुले भन्दै आएको बताउनुभयो । त्यस्तै उहाँले तत्कालिन नेकपामा केपी ओली प्रवृति नेतृत्वमा रहदा प्रतिगमतर्फ जाने खतरा भएकाले आफुहरुले बिद्रोह गर्नुपरेको तर्क गर्नुभयो ।

एमालेभित्र केपी ओली नहुने हो भने हजारौंलाई समाजवादको यात्रामा डो¥याउन सकिने आफ्नो तीन बर्षको अनुभव रहेको उहाँले बताउनुभयो । आफूहरुले नेकपा एमालेमा समाजवादको बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने समेत प्रचण्डले बताउनुभयो ।

कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here