प्रधानमन्त्री ओली आज भारत जाँदै


१६ जेष्ठ २०७६, बिहीबार १०:२३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत जाँदै हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जान लाग्नुभएको हो ।उहाँ नेपाल एयरलाइन्सको विमानबाट दिउँसो साढे १ बजे भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।उहाँ बिहीबार बेलुकी हुने सपथग्रहण कार्यक्रममा सहभागी हुनुका साथै त्यसपछि भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले दिने रात्री भोजमा पनि सरिक हुनुहुनेछ ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबार भेटवार्ता हुने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here