काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटलाई हावादारीको संज्ञा दिएको छ ।
बुधबार बजेटभाषणपछि संसद भवन नया बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै काग्रेस सभापति शेर बहादुर देउवाले बजेटलाई हावामा गफ दिएको टिप्पणी गर्नुभयो ।उहाले बजेटमा कुनै क्षमता नै नरहेको धारणा राख्नुभयो ।त्यस्तै समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले बजेट कार्यान्वयनमा आशंका जनाउनुभयो ।
उहाले बर्तमान सरकारले पपुलर बजेट ल्याउन खोजेको बताउनुभयो ।त्यस्तै काग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले सरकारको बजेटमा पूँजिगतखर्च बढाउने कुनै आधार नरहेको टिप्पणी गर्नुभयो ।त्यस्तै राजपाका नेता लक्ष्मणलाल कर्णले अधिकार र बजेट फेरी पनि केन्द्रिकृत गर्न खोजिएको तर्क गर्नुभयो ।





