प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, को-को बने नयाँ मन्त्री ?


१२ असार २०७९, आईतवार १९:५३ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुनर्गगठन गर्नुभएको हो।

नेकपा(एकीकृत समाजवादी) का मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ मन्त्रीहरू नियुक्त भएका हुन्।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र हिरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरूको सपथ सोमबार हुने भएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here