काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीबाट गएका मन्त्री परिवर्तन गर्ने बिषयमा ढिलाई भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले मन्त्री परिवर्तन गर्न ढिलाई भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको सम्मानीत नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
बैठकले मन्त्री परिवर्तनको निर्णय तुरुन्त कार्यान्वयन गराउन समेत ध्यानाकर्षण गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकमा पोलिट्व्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकको तयारीका बारेमा पनि छलफल भएको खनालले जानकारी दिनुभयो ।





