बलात्कार घटनाका दोषीलाई दिइने सजायसम्बन्धी कानूनलाई कडा बनाउनुपर्नेमा जोड


८ असार २०७९, बुधबार १५:४२ मा प्रकाशित

काठमाडौँ । सांसदहरुले बलात्कारका घटनाका दोषीलाई दिइने सजायसम्बन्धी कानूनलाई कडा बनाउनुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा यौन हिंसा बिरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको बिधेयकमाथिको छलफलका क्रममा उनीहरुले बलात्कारका घटनाका दोषीलाई दिइने कानूनको स्वरुप परिर्वतन गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै उनीहरुले यौन हिंसाका घटनामा हदम्याद राख्न नहुने जिकिर गरेका छन् । छलफलमा भाग दिदै कांग्रेस सांसद पुष्पा भुसालले बलात्कारका घटना हुनै नदिने गरि कडा कानून बनाउनुपर्ने बताउनुभयो । बलात्कारका घटनामा हदम्याद घटाउने गरिने नै कानून निर्माण गनुपर्ने उहाँको भनाई छ ।

त्यस्तै सांसद कांग्रेसकी सांसद डिला संग्रौला कुनै कुनै घटनाहरु तत्काल बाहिर आउन नसक्ने भन्दै जबरजस्ती करणीमा हदम्याद घटाउनुपर्ने बताउनुभयो ।

छलफलमा भाग लिदै एमालेका सांसद झपट रावलले महिला मात्रै नभई पुरुषमाथि पनि हिंसा हुने भएकाले यस बिषयलाई कानूनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । अव यौन व्यवसायको बिषयमा पनि छलफल चलाउनुपर्ने उहाको भनाई छ । उहाँले जवरजस्ती करणी, यौन हिंसाका बारेमा आवश्यक व्याख्या गर्न आवश्यक रहेको तर्क गर्नुभयो ।

त्यस्तै समिति सदस्यहरुले बालिका तथा किशोरीमाथि हुने हिंसाका घटनाका मुद्दालाई छिनोफानो गर्र्ने गरि कानून निर्माण हुनुपर्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here