काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारीमा लाग्नु भएको छ ।
नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारीमा जुट्नु भएको हो ।
विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते सपथ लिएको समयानुसार असार १० गते नयाँ कार्यसमितिको ६ महिना पुग्छ ।
सभापति देउवाले विभाग गठनका लागि तयारी थालेको शीर्ष तहका एक नेताले जानकारी दिनु भएको छ । ‘सपथ लिएको दिनबाट असार १० गते निर्वाचित कार्यसमितिको छ महिना पुग्दछ । असार १० अघि नै विभाग गठनको तयारी भएको छ,’ ती नेताले भनाई छ ।





