कुनै पनि छिमेकी राष्ट्रविरुद्ध नेपालले कार्ड खेल्न सक्दैनः ओली


७ असार २०७९, मंगलवार १३:०९ मा प्रकाशित

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले कुनै देशका विरुद्ध जान नसक्ने बताउनु भएको छ।

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल कुनै छिमेकी राष्ट्रविरुद्ध कार्ड खेल्न नसक्ने बताउनु भएको हो।

मंगलबार परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँग भएको अन्तर्क्रियामा ओलीले अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा नेपालले कुनै कार्ड खेल्नु नहुने धारणा राख्नु भयो ।

‘हामी हाम्रा छिमेकीहरूसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुन्छौं। बाहिर भन्ने एउटा कुरा र भित्र गर्ने अर्को कुरा त्यस्तो खालको द्वैध चरित्र त्यो हामी देखाउँदैनौं।’ पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here