नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने


७ असार २०७९, मंगलवार १३:३६ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति हुने भएकाले यसको बिशेष महत्व रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो । रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि योग महत्वपूर्ण रहेको निरोगीताका लागि योग भन्ने सन्देश सवैमा जानुपर्ने उहाले बताउनुभयो । विशेषतः नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योगको महत्वपूर्ण भूमिका रहने उहाको भनाई छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१४ को डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेपछि नेपालमा पनि यो दिवस मनाइने गरिन्छ । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here