काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्बाङ विजयी हुनुभएको छ।
सोमबार काठमाडौंमा सम्पन्न एन्फाको २१ औं साधारण सभाबाट नेम्बाङ ४५ मतसहित विजयी हुनुभएको हो।
उहाँले निकटतम प्रतिस्पर्धी कर्मा छिरिंग शेर्पालाई ६ मतको अन्तरले पराजित गर्नुभयो।
पराजित शेर्पाले ३९ मत पाउनु भएको छ।





