सरकारद्वारा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित


६ असार २०७९, सोमबार २०:०८ मा प्रकाशित

काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको बताइएको छ।

गत जेठ २६ गते बसेको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा अधिकारीलाई तीन दिनभित्र प्रष्टिकरण सोध्ने निर्णय गरेको थियो।

अधिकारीले दिएको प्रष्टिकरण चित्त बुझ्दो नभएको ठहर गर्दै सरकारले उहाँलाई निलम्बन गर्ने निर्णय गरेको हो।

केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम ओलेले आफूले भनेको व्यक्तिलाई नियुक्ति नदिएको भन्दै कार्यकक्षमै अधिकारीमाथि हातपात गर्नु भएको थियो।

सार्वजनिक भएको अडियोमा मन्त्री आलेले अधिकारीले काम गर्छु भन्दाभन्दै मोबाइल बन्द गर्न निर्देशन दिँदै हातपात गर्नुभएको थियो।

आलेकै प्रस्तावमा अधिकारीलाई गत कात्तिक ८ गते मन्त्रिपरिषदले कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here