बिर्तामोड । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई दुव्र्यवहार र नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराईमाथी हातपातको प्रयास गरेका बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलाई समेत धम्की दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत न्यौपाने बसेको डेरासमेत व्यवसायीले देखि सकेको भन्दै आक्रमण हुन सक्ने संकेत गरेका हुन् । उनले नगरपालिका परिसरमा बोल्दै व्यवसायीले प्रमुख प्रशासकीय अधिकृत बसेको डेरा पत्ता लगाईसकेको धम्की दिएका थिए । बुधबारे हटियाका ब्यापारीलाई बिजुली बाल्न मिटर दिनुपर्ने माग राखेर अराजक गतिविधिका साथ भिडको नेतृत्व गर्दै आएका राजु न्यौपानेले प्रमुख प्रशासकिय अधिकृतलाई कालो मोसो र जुत्ताको माला लगाउने समेत धम्की दिँदै आएका छन् ।
सोमबार आन्दोलनकारीको नेतृत्व गर्दै अग्रमोर्चामा रहेर नगरपालिका परिसर प्रवेश गरेका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नगरपालिकाको काम कार्वाहिमा असर पुग्नेगरि विद्युतको एमसिबि झारेका थिए । विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने दुवै नेपाली कांग्रेस निकट हुन् । उनीहरु दुवैले नेतृत्व गरेको यो आन्दोलनमा करिब ६० जना व्यवसायी छन् । त्यसमध्यै पनि अधिकांस व्यवसायी दर्तामा रहेका व्यवसायी भन्दा फरक छन् । उनीहरु नगरपालिकाको उक्त जग्गा भोग चलनको रेकर्डमा भेटिदैनन् ।
बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको यस बुधबारे हटिया रहेको जग्गाको विषयमा २०७७ साल मंसिर २८ गते आइतबार तत्कालिन नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसको कार्यपालिकाको बैठकले अस्थायी संरचना खाली गरि बजार व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ । उक्त निर्णयमा नेपाली कांग्रेस विर्तामोडका सभापति तत्कालिन वडा नम्बर ३ का वडाध्यक्ष भोजराज सिटौला,उपसभापति वडा नम्बर ६का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा,वडा नम्बर ४का वडाध्यक्ष कुलप्रसाद संग्रौला सहित १७ जनाले हस्ताक्षर गरेका छन् ।
व्यवसायीलाई विद्युतको मिटर दिलाएर चुनावी मत प्रभावित पार्न उद्दत रहेका विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपाने विकास विरोधी देखिएका छन् । उनीहरुले विर्तामोड वाणिज्य संघमा महासचिव अर्जुनकुमार मैनाली लगायतलाई थाहै नदिइ आफुखुशी छलफल गरेर कांग्रेस निकटका सदस्यहरुसंग निर्णय गर्दै आएका छन् । संघको कुनै पनि निर्णय आधिकारीक हुनलाई अध्यक्ष र महासचिवको हस्ताक्षर अनिवार्य छ ।
नेकपा एमाले,नपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,राप्रपा लगायत जग्गादाता र विभिन्न क्षेत्रका अगुवाहरुसंगको सर्वपक्षिय छलफल नै विथोल्नै गरिको वाणिज्य संघ अध्यक्ष शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेको हर्कतले बिर्तामोडका व्यवसायीहरु असन्तुष्ट बनेका छन् ।





