कपिलवस्तुमा पहिराेले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता


६ असार २०७९, सोमबार १३:५० मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराेले बगाउँदा दुई जना भारतीय नागरिक बेपत्ता भएका छन् ।

प्युठानको स्वर्गद्वारीकाे दर्शन गरी लु २ ख २७१६ नम्बरको गाडीमा फर्किँदै गर्दा गाडीबाट झरेर खोला तर्नेक्रममा उनीहरुलाई पहिराेले बगाएको हो ।

बेपत्ता हुनेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने १७ वर्षका निखिल कौशाल र १८ वर्षका सुरज सोनी रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलामा भारतीय नागरिक आउँदै गर्दा अचानक पहिराे आएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

हराएका भारतीय नागरिकको खोजीकार्य भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here