सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो सूर्योदय संवाददाता ६ असार २०७९, सोमबार १२:०५ मा प्रकाशित काठमाडौँ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।