पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन


६ असार २०७९, सोमबार ११:५४ मा प्रकाशित

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ ।
बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर केहीबेर सवारी साधनलाई चल्न समेत रोकेका छन् ।

प्रदर्शनमा बोल्दै अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाउनु भयो ।

महगी आकासीएको बेलामा पटक पटक पेट्रोलको मूल्य वृद्धि हुदा पनि राजनितिक दल र सामाजिक सस्था मौनदर्शक बस्नु नै विडम्वना रहेको बताउनु भयो ।

मूल्य वृद्धि तत्काल फिर्ता नभए जिल्लाभरी आन्दोलन चर्काउने पोखरेलले चेतावनी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here