प्रतिनिधिसभाको बैठक आज पनि बस्दै


६ असार २०७९, सोमबार ०८:४४ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यासुचि छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेश गर्ने कार्यासुचि छ ।

यस्तै आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस भनि प्रस्ताप पेश गर्नुहुने तयारी छ । मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here