किरात राई चलचित्रकर्मी संघ झापामा नयाँ नेतृत्व चयन


४ असार २०७९, शनिबार १७:१९ मा प्रकाशित

 किरात राई चलचित्रकर्मी संघ जिल्ला कार्यसमिति झापाकोे दोस्रो साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यसमिति चयन गर्दै संघले शनिबार बिर्तामोडको होटल हिकोला हेरिटेजमा साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले श्यामबहादुर राइको अध्यक्षतामा १३ सदस्य नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । दुई उपाध्यक्ष ससिता राई र मिलन बान्तावा राई, महासचिव सुनिता तामाङ राई, सचिव एलिना राई, कोषाध्यक्ष रविकिरण बान्तावा राईका साथै सदस्यहरु जिमीहाङ राई, मेरी राई, यमुना राई, प्रविन राई, विकास राई, समिता राई र आषिस राई सर्वसहमत चयनहुनुभएको छ ।

संघ झापाका निवर्तमान अध्यक्ष भुवनसिंह राईको सभापतित्वमा सम्पन्न कार्यक्रमले विगत वर्षमा गरिएका किरात राईको लघु चलचित्र नागा, जनजाति चलचित्र लुङा जस्ता चलचित्रको निर्माण र आदिवासी जनजाती चलचित्र अन्तरक्रिया कार्यक्रम जस्ता थुप्रै कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनु भएको थियो ।प्रमुख अथिति किरात राई चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष केशव राई (युप्श) ले यस संस्थाका उदेश्य र भावि योजनाको विषयमा प्रष्ट पार्नुभएको थियो ।

नेपालमा रहेका हरेक आदिवासी जनजातिको संस्कार, संस्कृति र भाषा नेपालको गहना रहेको उहाँले जानकारी दिनुभयो ।

अझै यस संस्थाले आदिवासी जनजाति समुदायको संस्कार र सस्कृतिमा बनेका चलचित्रहरु प्रति राज्यको ध्यानाकर्षन गराउनु यस संस्थाको जिम्मेवारी रहेको बताउनु भयो ।

सुनिता तामाङ राईले स्वागत गर्नुभएकोे कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव किरण राईले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here