एसपिपीका बिषयमा प्रधानमन्त्री देउवासंग सत्ता गठबन्धनका दलले छलफल गर्छौंः माधव नेपाल


४ असार २०७९, शनिबार १५:५५ मा प्रकाशित

काठमाडौं । सत्तागठबन्धन दलले ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी)का बिषयमा प्रधानमन्त्री शेर बहादुर देउवासंग छलफल गर्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र आफुबीच शनिबार छलफल भएको र एसपिपीका बारेमा प्रधानमन्त्री देउवासंग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।

शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रममा नेपालले एसपीपी सम्झौता नगर्ने यसअघि नै प्रधानमन्त्रीले स्पष्ट पारेपनि यसको चर्चापरिचर्चा धेरै भएकाले पुन छलफल गर्ने बताउनुभयो । अध्यक्ष नेपालले राष्ट्रिय अन्यौललाई चिर्दै एसपिपीको सत्यतथ्य बाहिर ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

एसपीपीमा धेरै बहस भएपछि खोज्दै जाँदा संसदमा यसबिषयमा हंगामा मनाउने दल नै जोडिएको कुरा आएको उहाले बताउनुभयो । त्यस्तै उहाले सरकार र सेनाको धारणा बुझ्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भएको धारणा राख्नुभयो ।

उहाले देशभक्तीको झण्डा र लोकतन्त्रको झण्डालाई आफ्ना पार्टीले कहिल्यै नछाड्ने स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here