गेटामा निर्माणाधीन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता


४ असार २०७९, शनिबार ११:४७ मा प्रकाशित

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गेटा कलेजलाई प्रतिष्ठान बनाउने ऐन ल्याउने बताउनु भयो ।

‘डडेल्धुरामा मेडिकल कलेज बनाउने भनेपछि कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भनेर दबाब बढेको छ’ उहाँले भन्नुभयो, ‘त्यसलाई प्रतिष्ठान बनाइनेछ । काठमाडौ गएलगत्तै प्रतिष्ठान ऐन ल्याई यसै वर्षदेखि सञ्चालनमा ल्याइन्छ ।’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम क्रमिक रूपमा विकासमा अघि बढिरहेको समेत बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here