सन्की मन्त्री, पर्यटनमन्त्री आलेको अश्लीलता उत्कर्षमा


४ असार २०७९, शनिबार ०६:५१ मा प्रकाशित

काठमाडौं । गत फागुन पहिलो साता मजदुरीका लागि भारतमा रहेका अछामका जगत वलीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले गरेको कुराकानीको श्रव्यसामग्री बाहिरियो र ‘भाइरल’ पनि भयो। सो सामग्रीमा मन्त्री आलेले वलीलाई अश्लील शब्द प्रयोग गरेर गालीबेइज्जती गर्नभएको थियो।

मन्त्री आलेको लोकप्रियता देखेर तर्सिएकाहरू सुनियोजित रूपमा ‘डबिङ’ आवाज प्रयोग गरेर उहाँलाई बदनाम गर्न खोजेको दाबी उहाँको सचिवालयले गरेको थियो। यति गर्दा पनि सत्य ढाकछोप गर्न नसकिने अवस्था आएपछि उहाँ स्वयं मिडियामा आउनु भयो।

त्यसक्रममा उहाँले ती युवाले आफूलाई धेरै ‘टर्चर’ गरेका कारण बाध्य भएर गाली गर्न पुगेको बताउनु भयो। सो सामग्री एक वर्ष पुरानो भएको भन्दै पन्छाउने कोसिस गरियो। घटना सामसुम पनि भयो।

मन्त्री आलेको त्यस्तै खालको अर्को अश्लील हर्कत शुक्रबार सार्वजनिक भएको छ। उहाँले आफ्नै मन्त्रालयमातहतका एक उच्च अधिकारीमाथि अश्लील शब्दबाण प्रहार मात्र गरेका छैनन्, हातपात गर्नसमेत पुग्नु भएको छ। मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गर्दै हातपात गर्नु भएको हो।

उहाँको यो हर्कत सञ्चारमाध्यमबाट बाहिरिएको हो। सोही हर्कतका कारण उहाँको चर्को आलोचना भइरहेको छ। पीडामा परेका कार्यकारी अध्यक्ष अधिकारीले मन्त्री आलेले आफूलाई ‘गोलीसमेत हान्ने धम्की दिएको’ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गरेर निवेदनसमेत दिनुभएको छ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन वायुसेवा निगम केन्द्रीय समिति, निगमकै कर्मचारी युनियन केन्द्रीय समिति, आधिकारिक ट्रेड युनियन र नेपाल वायुसेवा निगम कर्मचारी संघले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गरेर मन्त्री आलेको बर्खास्तीको माग गरेका छन्।

सामाजिक सञ्जालमा समेत आलेको अश्लील शब्दोच्चारणसहितको दुर्व्यवहारको चर्को विरोध भइरहेको छ। उहाँको यो हर्कत सञ्चारमाध्यमबाट बाहिरिएको हो। सोही हर्कतका कारण उहाँको चर्को आलोचना भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here