भरत प्रसाई । समुदायीक तथा निजी विद्यालय स्तरीय खुल्ला कविता तथा निबन्ध प्रतियोगिता आज शुक्रबार सम्पन्न भएको छ ।
निबन्ध र कविता प्रतियोगितामा सहभागी १०÷१० जना विद्यार्थी मध्ये उत्कृष्ट चारजनालाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको कार्यक्रममा प्रतिष्पर्धामा सहभागी लाई प्रमाण पत्र प्रदान गरिएको छ ।
जीवन सुवेदीको संयोजकत्वमा मोक्ष खतिवडा र ठाकुर पोखरेल सदस्य रहेको निर्णायक समितिले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।
झापा भरीका माध्यमिक बिद्यालय प्रतियोगितामा सहभागिता जनाएकामा चार जना कबितामा र चार जना निबन्धमा पुरस्कृत भएका छन । प्रथम पुरस्कार रु ५००० र दोस्रो रु ३५००र तेस्रो २५०० र सानत्वना रु १५०० र प्रदान गरिएको थियो र सहभागी २९ जना सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
साहित्य कला प्रतिष्ठान विर्तामोडको आयोजनामा र विर्तामोड नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएका थिए ।
प्रतियोगितात्मक कार्यक्रममा कवितातर्फ बीर अमरसिंह माबि विर्तामोड–२ मा अध्ययनरत छात्र प्रकाश निरौला प्रथम, महेन्द्र रत्न मावि अनारमनीका घनश्याम कार्की दोस्रो, बाल्मिकी एजुकेशन फाउण्डेसनकी शितोष्णा तिम्सिना तेस्रो र न्युटन एजुकेशनका कृष प्रसाई शान्त्वना भएका थिए ।
त्यस्तै निबन्धतर्फ महेन्द्र रत्न अनारमनीकी छात्रा तृष्णा भट्टराई प्रथम, बाल्मिकी एजुकेशन फाउण्डेसनकी मनिका भण्डारी दोस्रो, मोहनमाया माविकी पुजा पुरी तेस्रो र देवी माविकी रोजु भण्डारी शान्त्वना भएका थिए ।
नेपाल प्रजा प्रतिष्ठानकी सदस्य सुभद्रा भटराईले नेपालमा रहेका भानु साहित्य प्रतिष्ठान जस्ता सस्थालाई संगै लिएर हिड्नु पर्नेमा जोड दिनु भयो । युवाहरुले कला र साहित्यको जर्गेनामा लाग्नु पर्ने बताउदै, सदैव प्रजा प्रतिष्ठानको सहयोग रहने बताउनु भयो ।
कार्यक्रममा साहित्यकार कुमार भटराईले कायृक्रमको समिक्षा गर्दै कला र साहित्यिकको संरक्षण गर्न साहित्यिक सस्थाले ब्यक्तिगत तवरबाट सबैले आफनो आफनो भमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । बिर्तामोड नगरपालिकाले,आउदाँ दिनमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिदै लैजाने कुरामा आफु आशावादी रहेको भट्टराई बताउनु हुन्छ ।
संस्थाकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा साहित्यकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खरेल, विशेष अतिथि प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, प्रगतिशिल लेखक संघका जिल्ला अध्यक्ष राजेन्द्र संग्रौला, साहित्यकार कुमार भट्टराई, साहित्य चौतारी झापाका संस्थापक देवीभक्त श्रेष्ठ लगायतले शुभकामना शुभकामना मन्तव्य राख्नु भएको थियो ।
स्वागत मुना प्रसाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन जनक खड्काले गर्नुभएको थियो । सो अवसरमा कुमारी चेम्जोङ लगायतले कविता वाचन गर्नु भएको थियो ।





