एसपीपी सम्झौता अघि नबढाउन प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीको सन्देश


१ असार २०७९, बुधबार ११:५६ मा प्रकाशित

काठमाडौं ।अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाउनु भएको छ।

एसपीपीको मस्यौदा सार्वजनिक भएसँगै त्यसको विरोध भइरहेको छ। राजनीतिक दल तथा सरोकारवाला पक्षले विरोध जनाएपछि नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले यसलाई अघि नबढाउन सन्देश पठाउनु भएको हो।

प्रधानमन्त्री देउवा असारको अन्तिम साता अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ। त्यहीबेला उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको बुझिएको छ। उक्त सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले समेत दबाब दिइरहेको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित सत्ता गठबन्धनकै केही दलहरुले समेत उक्त सम्झौताको विरोध गरिरहेका छन्। नेपालको परराष्ट्र नीतिकै उल्लंघन हुने भएकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नहुने मत छ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सम्झौतामा हस्ताक्षर नगर्ने आश्वासन दिनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here