लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ


१ असार २०७९, बुधबार ११:५९ मा प्रकाशित

झापा । झापाको मेचीनगर नगरपालिका १२ हापाडाँगीबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो स्थानीय २४ बर्षीय सुरज मेचे र २२ बर्षीय जिवन सार्कीलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले ८ ग्राम ५२ मिलिग्राम लागुऔषध ब्राउनसुगर, नगद ७३ हजार, १ थान मोवायल र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here