जंगली च्याउ खाँदा दुई जनाको मृत्यु


१ असार २०७९, बुधबार ११:५२ मा प्रकाशित

ओखलढुङगा । ओखलढुङगाको चम्पादेवी गाउँपालिका ७ फुलवारी टोलका एकै घर परिवारका ४ जनाले जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ भने २ जना बिरामी भएका छन् ।

जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ बर्षीया मनमाया बिष्ट, निजको छोरा २७ बर्षीय राजन बिष्ट, राजनको श्रीमती २४ बर्षीया ढक कुमारी लामिछाने र ३ बर्षीया छोरी सरिस्मा बिष्ट बिरामी भएका थिए ।

च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढक कुमारी बिष्टको सोही अस्पतालमा मृत्यु भएको थियो ।

अन्य तिन जनालाई थप उपचारको लागी काठमाण्डौ टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मनमाया बिष्टको ३१ गते मृत्यु भएको तथा अन्य दुई जनाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here