काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक मंगलबारबाट शुरु भएको हो ।
पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको बैठकमा सचिवालयले तयार गरेको निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन पेस गरिएको छ ।
बैठकमा पार्टी अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनपछिको अवस्था र रणनीतिक योजनाका बारेमा धारणा राख्नुभएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
बैठकले अबको राजनीतिक कार्यदिशाबारे धारणा तय गर्ने उहाले बताउनुभयो ।
बैठकपछि नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले ५ दलको बीचमा सम्मानजनक तालमेल नभएका कारण निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको बताउनुभयो ।





