ओखलढुंगामा जँगली च्याउ खाँदा एकै परिवारका दुईजनाको मृत्यु


३१ जेष्ठ २०७९, मंगलवार १८:०६ मा प्रकाशित

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारीमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछाने रहनु भएको छ । ढककुमारीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएको थियो भने मनमायाकाके त्रिवि शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाएर गम्भीर रहेका २७ वर्षीय राजन विष्ट, मनमाया विष्ट र तीन वर्षीया नाबालिका सरिस्मा विष्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाडौं पठाइएको भए पनि उपचारका लागि लगिएकामध्ये मनमायाको शिक्षण अस्पतालमै उपचारका क्रममा मृत्यु भएको छ ।

उनीहरुले कस्तो किसिमको च्याउ खाएको भन्ने बारेमा अझै थाहा नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here