कांग्रेसकी सांसद डिला संग्रौला : सरकार कहाँ छ ?


२६ जेष्ठ २०७९, बिहीबार १३:२१ मा प्रकाशित

कामाण्डौ । सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार कहाँ छ ? भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शुन्य समयमा उहाँले पाठ्यपुस्तकको समस्या, मलको समस्या, महङ्गी नियन्त्रण हुन नसकेको भन्दै सरकार कहाँ छ ? भन्दै प्रश्न गर्नुभएको हो ।

उहाले नागरिकप्रति सरकार जिम्मेवार र बफादार बन्न नसकेको धारणा राख्नुभयो । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको र खेती लगाउने बेला किसानले मल नपाएको उहाँले बताउनुभयो । त्यस्तै उहाँले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान पुर्याउन नसकेको र हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीडितले न्याय पाउन नसकेको बताउनुभयो ।

शुन्य समयमा एमालेकी सांसद नविना लामाले पाठ्यपुस्तकको समस्या समाधान गर्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने बताउनुभयो । उहाले पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो ।

त्यस्तै एमालेकै सांसद पद्मा कुमारी अर्यालले गृहमन्त्रीको निर्देशनमा प्रहरीलाई साक्षी राखेर त्रिभुवन विश्वविद्यालयमा ताला लगाइएको आरोप लगाउनुभयो । लामो समय बिश्वबिद्यालयमा तालावन्दी हुँदा पनि प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री उपकुलपति रहेको विश्वविद्यालयमा ताला खुलाउन कुनै पहल नभएको उहाको भनाई छ ।

त्यस्तै सांसद प्रकाशमान सिंहले फोहोर व्यवस्थापन गर्न नसक्दा, बजार भाउ नियन्त्रण गर्न नसक्दा र ट्राफिक जामका कारणले काठमार्डौ उपत्यका अस्तव्यस्त भएको भन्दै ‘स्कूल जाने समय र नेपाल सरकारको अफिस सञ्चालन गर्ने समय फरक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here