मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण


२६ जेष्ठ २०७९, बिहीबार १३:११ मा प्रकाशित

काठमाण्डौ । सांसद हृदयेश त्रिपाठीले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विषेष समय लिएर उहाँले मल उपलव्ध गराउन सरकार असफल भएको र किसानहरु समस्यामा परेको बताउनुभएको हो । अहिलेको बजेट निबन्ध मात्रै भएको टिप्पणी गर्दै त्रिपाठीले सरकारले हासिल गर्ने भनेको कृषि उत्पादनको लक्ष्य हासिल गर्न नसक्ने धारणा राख्नुभयो ।

उहाँले मलको अभाव कायमै रहे यस बर्ष धानको उत्पादन घट्ने उल्लेख गर्नुभयो । उहाँले घुमुवा प्रहरीले विचौलिकाको काम गरिरहेको बताउनुभयो । यस्तै उहाँले बर्दियामा बाघको आक्रमणबाट जोगिन स्थानीयले गरेको आन्दोलनमा प्रशासनको हस्तक्षेप गलत भएको बताउनुभयो ।

सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

फोहरमैला व्यवस्थापनका लागि प्रधानमन्त्रीका साथै गठबन्धनले पनि गम्भीर हुनुपर्ने उहाँको भनाई छ । उहाँले काठमाडौंका मेयर बालेन्द्र साहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने, तर साहले संयता अपनाएर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै सांंसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here