एमालेका सांसद्द्धारा काठमाडौंको फोहर व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण


२५ जेष्ठ २०७९, बुधबार १२:३६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठले सिसडोलबासीको मागप्रति गम्भीर हुँदै काठमाडौंको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभा बैठकको बुधबारको बैठकमा श्रेष्ठले लामो समय फोहरको समस्या समाधान नहुदा काठमाडौं दुर्गन्ध र फोहोरले आक्रान्त भएको भन्दै बलप्रयोग गरेर नभई वार्ता र सहमतिमार्फत नै फोहर व्यवस्थापन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाले अब धेरै दिन काठमाडौंवासीले सहन नसक्ने भन्दै तत्कालै फोहोरको व्यवस्थापन हुनुपर्ने धारणा राख्नुभयो । श्रेष्ठले फोहर व्यस्थापनका बिषयमा सम्बन्धीत मन्त्रीले जवाफ दिनुपर्ने र यसमा सभामुखले रुलिङ गर्नुपर्ने माग गर्नुभयो ।

काठमाडौं महानगरमा प्रतिनिधि छनौटसम्म फोहर व्यवस्थापनमा धैर्य राख्ने जनताप्रति सम्मान व्यक्त गर्नुपर्ने उहाले बताउनुभयो । तर निर्वाचनको परिणाम आइसकेपछि पनि फोहर व्यवस्थापन नहुनु दुखद भएको उहाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here