अवैधरुपमा भण्डारण गरेको खाध्यान्न सामग्री बरामद


२५ जेष्ठ २०७९, बुधबार ११:५० मा प्रकाशित

मोरङ । मोरङको बिराटनगर महानगरपालिका ११ बाट अवैध रुपमा भण्डारण गरी राखेको खाध्यान्नका सामग्रीहरु प्रहरीले बरामद गरको छ ।

हिजो दिउसो ११ बजे बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिराटनगर ११ मा रहेको शिवम गणपती ट्रेडिङको गोदाममा भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको बिना बिलको अन्दाजी मुल्य ६ लाख ७१ हजार रुपैया बरावरको मासको दाल १९७ बोरा, पहेलो तोरी ४ बोरा, केराउ ४ बोरा सहित २०५ बोरा खाध्यान्नका सामग्री बरामद गरेको हो ।

बरामद भएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here