भरत प्रसाई । झापाको बिर्तामोड स्थित सतासी बहुउद्वेश्सीय सहकारीको आयोजनामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि एक दिने अन्तरक्रियात्मक स्वास्थय शिविर सम्पन्न भएको छ ।
पुर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा सहकारी सस्थाका १ सय शेयरधनीलाई क्यान्सर सम्बन्धि निशुल्क इस्क्रिनिङग गर्ने ब्यवस्था मिलाइएको थियो ।
झापाको हकमा प्रत्येक वर्ष २ हजार देखी २५ सयमा पाठेघरको क्यान्सर देखिएको पछिल्लो तथ्याङकले देखाएको विर्तामोडका क्यानसर रोग विशेषज्ञ डा. विरेन्द्र कुमार यादपलेले बताउनु भयो ।

यही अनुपादमा क्यान्सरको रोगी बढिरहने हो भने अबको ५ बर्षमा हरेक घरमा क्यान्सरका विरामी हुने सक्ने बताउदै खानपान, ब्याम र स्किनिङ मा बिशेष ध्यान दिनु पर्ने उहाँले बताउनु भयो ।
विर्तामोड सतासी बहुउदेश्यीय सहकारी संस्था लि. ले पुर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा महिलाको छातिको क्यान्सर र पाठेघरको मुखको क्यान्सर चेकजाचको परिक्षण कार्यक्रम आयोजना गरेको थियो ।
संस्थामा आबद्ध महिला सदस्यहरुलाई प्राथमिकतामा राखेर संस्थाले यो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा क्यानसर सम्बन्धि जानकारि साथै क्यान्स के हो? क्यान्सको धारणा जनमानसमा के छ ? क्यान्स को उपचार हुन्छकि हुदैन ? र कसरि समयमै आफैले यो रोगको पहिचान गर्न सकिन्छ ? भन्ने विषयमा पुर्वाञ्चल क्यानसर अस्पताल विर्तामोडका क्यानसर रोग विशेषज्ञ डा. विरेन्द« कुमार यादवले सहजीकरण गर्नु भएको थियो ।
पाठेघरको समस्या भन्ने वित्तिकै भन्नलाई पनि लाज मान्ने, अप्ठ्यारो मान्ने र समस्यालाई लुकाउने प्रवित्ति अझैपनि हाम्रो समाजमा रहेको बताउदै, मृत्युहुनेमा दोस्रो कारण क्यान्सर रहेको डा.यादवको भनाई छ ।

तर क्यान्सर भन्ने बित्तिकै डराउन पर्ने र आत्तिहाल्नु पर्ने भने हुदैन, किनभने समयमै यसको उपचार गरेमा यो रोग निको हुन सक्ने उहाँले बताउनु भयो । छातिको क्यान्सर हुनको कारणहरुमा वंशानुगत, ढिलो विवाह गर्नु, धुम्रपान सेवन र पाठेघरको क्यान्सर हुनुको मुख्य कारणमा महिनावारीको समयमा सेनिटरी प्याडको प्रयोग नगरेर कपडा को प्रयोग गर्नाले पनि यो रोग लागेको उहाँले बताउनु भयो ।
संस्थाको अध्यक्ष रुद्रमणि श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई महिला उपसमितिका संयोजक शर्मिला अधिकारी ले स्वागत मन्तब्य राख्दै कार्यक्रमको सफल्ताको कामना गर्नु भयो । संस्थाको प्रबन्धक सन्तोष कुमार श्रेष्ठले उत्त कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।
सहकारी सस्थाले वितिय कारोवार मात्रै गर्ने नभर शेयर धनीको स्वास्थ्य सेवामा समेत केही योगदान प्रयाउने उद्वेश्यले यो स्वास्थ्य शिविरको आायोजना गरीएको सस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठले जानकारी दिनु भयो ।





