सरकारद्वारा आइतबारको सार्वजनिक विदा खारेज


२३ जेष्ठ २०७९, सोमबार १९:१६ मा प्रकाशित

काठमाडौं । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन निर्णय फिर्ता लिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आइतबारको बिदा खारेज गरेको हो।

सरकारले जेठ १ गतेदेखि आइतबार पनि बिदा दिएको थियो।

आइतबारको बिदा प्रभावकारी नभएको गुनासो आएपछि सरकारले असार १ गतेदेखि लागू नहुने गरी निर्णय लिएको बताइएको छ।

उक्त बिदा खारेजीको माग गर्दै सोमबार सर्वोच्चमा रिट परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here