काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पदीय स्वार्थका लागि राजनीति गर्नु लोकतन्त्रको लागि घातक भएको टिप्पणी गर्नु भएको छ।
नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने विषयलाई लक्षित गर्दै उहाँले पदको लागि विपरित सिद्धान्तका दलसँग गठबन्धन गर्नु लोकतन्त्रका लागि घातक भएको टिप्पणी गर्नु भएको हो।
देश र जनताको निस्वार्थ राजनीति व्यवहार देखिनुपर्ने उहाँको भनाइ छ।





